काठमाडौं, २ माघ । विवेकशील साझा पार्टी नेपालका अध्यक्ष रवीन्द्र मिश्रलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले आफू सुरक्षित रूपमा होम आइसोलेसनमा बसेको बताएका छन् । साथै आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई सावधानी अपनाउन र आवश्यकताका आधारमा परीक्षण गर्न आग्रह गरेका छन् ।

‘म पनि कोरोना पोजिटिभ देखिएको छु । गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी÷शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न विनम्र आग्रह गर्दछु । अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रूपमा बसेको छु । अहिले सबै ठीकै छ,’ उनले भने ।