काठमाडौं, २ माघ । सोमबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ ।

संघीय संसद सचिवालयले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण बैठक स्थगित गरेको हो ।

बैठक भोलि दिउँसो १ बजे बस्ने तय गरिएको थियो ।

सचिवालयले सूचना जारी गरी आगामी माघ १६ गतेसम्मका लागि बैठक स्थगित भएको जनाएको छ ।