काठमाडौं, २ माघ । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

संघीय संसद् सचिवालयले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको हो ।

संघीय संसद्का महासचिव भरतराज गौतमले आइतबारका लागि बोलाइएको बैठक विशेष कारणले स्थगित गरिएको बताए ।

उनले जारी गरेको सूचनामा भनिएको छ, ‘माघ ३ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि उक्त बैठक स्थगित भएको छ । ’