सिरहा, २ माघ । सिरहाबाट प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर–६ डोहटिया टोल बस्ने २७ वर्षीय पंकजकुमार महतो रहेको प्रहरीले जनाएको छ ।

महतोलाई १ थान म्याग्जिन नभएको पेस्तोलसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा हातहतियार लुकाई राखेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले पेस्तोलसहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।