काठमाडौं, १ माघ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महत कोरोना संक्रमित भएका छन् ।

महतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको र आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

महतले आफू घरमै आइसोलेसनमा बसेको पनि बताएका छन् ।