काठमाडौं, १ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७०३ र ४ हजार १४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९३३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३५० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ८ लाख १६ हजार ३ पुगेको छ ।

त्यस्तै आज कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ११ हजार ६१७ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको मन्त्रालयले जनाएको छ ।