काठमाडौं, १ माघ । नेकपा एमालेका नेता तथा पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुखसमेत रहेका ढकाललाई कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज गरिएको परीक्षणबाट मलाई कोभिड–१९ पोजिटिभ देखिएको छ । केही दिन घरमा नै आराम गर्नु पर्ने भयो ।’

जिल्ला अधिवेशनमा सक्रिय रहेका शीर्ष नेताहरुलाई कोरोना संक्रमण भएको हो ।