लिपुलेक–कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरेकोप्रति राप्रपाको आपत्ति

काठमाडौं, १ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरेकोप्रति आपत्ति जनाएको छ ।
उक्त क्षेत्रमा निर्माण भइरहेको सडकबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुलासा गरेको विषय गम्भीर रहेको राप्रपाले जनाएको हो ।
राप्रपाले नेपाल भूभाग लिपुलेक–कालापानीमा भइरहेको अतिक्रमण र हस्तक्षेपको प्रतिवाद गर्न सरकारसँग माग गरेको छ ।
‘नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गरेको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ,’ राप्रपाले भनेको छ, ’कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।’
भारतले सार्वजनिक रूपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा सरकार र सत्तारूढ गठबन्धन मौनता बस्नु दुःखद भएको राप्रपा महामन्त्रीमा भुवन पाठकले जनाए ।
‘नेपाली भूमिमा भइरहेको हस्तक्षेपबारे नेपाल सरकारले भारतसंग कूटनीतिक र राजनीतिक तहमा संवाद गरि अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरि समाधान निकाल्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ’ जारी विज्ञप्तिमा भनिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


