एमाले उपाध्यक्ष विष्णु पौडेल कोरोना संक्रमित

काठमाडौं, १ माघ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल कोरोना संक्रमित भएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्,‘परीक्षणबाट कोभिड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षासहित आइसोलेसनको यात्रा आरम्भ भयो ।’
उनी आफ्नो निवास भैंसेपाटीमा आइसोलसेनमा बसेका छन् । पछिल्लो समय नेताहरूमा धमाधम कोरोना संक्रमण भइरहेको छ ।
माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता प्रकाशशरण महतलगायतका नेताहरू कोरोना संक्रमित भई आइसोलेसनमा बसेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


