जनकपुरधाम, १ माघ । नेपाल प्रेस युनियन धनुषाका सल्लाहकार एवम् सितायन साप्ताहिकका सम्पादक दिपेश मल्लिकलाई पितृ शोक परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर–८ निवासी मल्लिकका पिता रामचन्द्र मल्लिकको ७५ वर्षको उमेरमा आज बिहान ३ बजे निधन भएको हो ।

उनी विगत केहि समयदेखी हृदय रोगबाट पीडित थिए । उनको आजै दुधमति नदीको घाटमा दाहसंस्कार गरिएको परिवारजनले जनाएका छन् ।

उनका तीन छोरा र एक छोरी छन् । पत्रकार मल्लिक उनका कान्छा सुपुत्र हुन् ।