लक्ष्मीनियाका १ सय विपन्न परिवारलाई सिरक वितरण

जनकपुरधाम, ३० पुस । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–३ र ४ को दलित बस्तीमा विपन्न परिवारका सदस्यलाई सिरक वितरण गरिएको छ ।
नेपाली काँग्रेसका युवा नेता विजय यादवको नेतृत्वमा १ सय जना विपन्न परिवारका सदस्यलाई सिरक वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता योगेन्द्र पजियारले विपन्न परिवारको लागि बाँडिएको सिरकसँगै मानवीय रुपमा न्यानो माया पनि बाँडेको बताए ।

हरेक मानवले मानवीय धर्म पूरा गर्दै अर्को मानवको अनुहारमा खुशी खोज्न सके कोही पनि दुःखी हुन नपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा स्थानीय नेता रघ्ुनन्दन यादवको समेत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


