काठमाडौं, ३० पुस । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा २० हजार ५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार ३०६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १८ हजार २३ सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा मात्रै २ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयको तथ्यांक अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला ६ पुगेको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, कास्की र सुनसरीमा सक्रिय संक्रमित संख्या ५ सय नाघेको हो ।