सिरहा, ३० पुस । सिरहामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोलबजार नगरपालिका वडा नम्बर–६ बस्ने स्थानीय कृष्णदेव यादव रहेको प्रहरीले जनाएको छ ।

यादव सवार प्रदेश २–०१–००१ प ५७५४ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका–६ दुर्गामन्दिर नजिक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अर्को मोटरसाइकल अभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।