महोत्तरी, ३० पुस । महोत्तरीको गौशाला बजारको एक कम्प्युटर पसलमा लाखौंको चोरी भएको छ ।

मिथिलान्चल कम्प्युटर सेन्टरबाट बिहीबार राति कम्प्युटर, ल्यापटप, मोवाईल, सिसिटिभी लगायत ईलेक्ट्रोनिक्स समानहरु चोरी भएको प्रहरीले जनाएको छ ।

पसलबाट करिब २५ लाख मूल्य बराबरको सरसमानहरु चोरी भएको पसल सञ्चालक संदिप यादवले बताए ।

उनका अनुसार पसलमा सिसीक्यामेरा जडान रहेतापनि चोरले सिसीटिभीको डिभीवक्स पनि चोरी गरेर लगेको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक विष्णुप्रदिप वस्यालले जानकारी दिए ।