अस्ट्रेलियन राजदूतलाई भ्याक्सिन सहयोग गर्न गृहमन्त्रीको आग्रह

काठमाडौं, ३० पुस । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले शुक्रबार शिष्टाचार भेटघाट गरेका छन् ।
भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।
गृहमन्त्री खाणले विकासमा अस्ट्रेलियाले नेपाललाई गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरेका छन् ।
त्यस्तै, नेपालमा रहेका शरणार्थी व्यवस्थापन र नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन आग्रह गरे ।
जवाफमा नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले नेपाल पुरानो मित्र भएकाले आफूहरूले सक्ने सहयोग गर्न सदैव तयार रहेको बताइन् । उनले नेपाली विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण निर्माणबारे आफूले पहल गर्ने आश्वासन दिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


