तेस्रो लहरको रोकथामका लागि तयारी अवस्थामा रहन मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम, २९ पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड–१९को सम्भावित तेस्रो लहरको रोकथामका लागि तयारी अवस्थामा रहन सरोकारबालाहरुलाई निर्देशन दिएका छन् ।
कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टसँग लडन प्रदेशस्थित स्वास्थ्य संस्थाहरुको अवस्था तथा आगामी दिनमा गर्नुपर्ने तयारी बारे छलफल गर्न मुख्यमन्त्री निवासमा बिहीबार सम्पन्न प्रदेश कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (पीसीसीएमसी)को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन् ।
छिमेकी मुलुक भारत लगायतको देशमा बढदै गएको ओमिक्रोन भेरियन्टबाट प्रदेश २ पनि प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै मुख्यमन्त्री राउतले उक्त भेरियन्टसँग लडन तयारी अवस्थामा रहनु बाहेकको अन्य विकल्प आफुहरुसँग नरहेको बताए ।
बैठकका सहभागीहरुले प्रदेशभरका सरकारी अस्पतालहरुको अवस्था, कोभिड–१९ सँग लडन आवश्यक उपकरण, किट लगायतका सामग्रीहरुको उपलब्धता तथा आगामी दिनमा व्यवस्था गर्नुपर्ने सामग्रीहरुबारे ब्रिफिङ्ग गरेका थिए ।
मुख्यमन्त्री राउतको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा प्रदेश सरकारका मन्त्रीहरुका साथै सुरक्षा निकायका प्रमुख, स्वास्थ्यसँग सम्बन्धित निकायका प्रमुखहरु, विज्ञहरु सहितको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


