काठमाडौं, २९ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जोडतोडका साथ काम गरिरहेको बताएका छन् ।

पछिल्लो समय कोरोना संक्रमण उच्च गतिमा फैँलिदै गएका बेला सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले कोरोना नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरिसकेको बताए । उनले नागरिकको जीवन रक्षाप्रति सरकार संवेदनशील रहेको दावी गरेका छन् ।

उनले भने,‘पछिल्ला केही दिन यता कोरोना संक्रमणको दर निकै बढेको छ । संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको छ ।’

मन्त्री कार्कीले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध रहेको र खोप अभियान तीब्र गतिमा अगाडि बढेको बताए ।

उनले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड अपनाउन समेत सबैसँग आग्रह गरेका छन् ।