राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन फागुन ६ र ७ गते हुने

काठमाडौं, २९ पुस । राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सरेको छ । सातै प्रदेशको सम्मेलन केही समय पछि सारिएको जनमोर्चाले जनाएको छ ।
जनमोर्चाले प्रदेश सम्मेलनको मिति आगामी माघ १५ र १६ गतेका लागि तय गरेको थियो । तर, कोरोनाको तेस्रो लहरका कारण फागुनमा सारिएको जनमोर्चाले जनाएको छ ।
अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रदेश सम्मेलन फागुन ६ र ७ गते गर्ने निर्णय भएको जानकारी दिए ।
विज्ञप्तिमा कोरोनाको ओमिक्रोन भेरियन्टका साथै तयारीका लागि सम्मेलन सारिएको उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


