प्रधानमन्त्री देउवाको दोस्रोपटक पिसिआर परीक्षण

काठमाडौं, २९ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाको दोस्रोपटक पिसिआर परीक्षण गरिएको छ । देउवाका स्वकीय सचिव भानु देउवाले उनकोे बिहीबार पिसिआर परीक्षण गरिएको बताए ।
‘प्रधानमन्त्रीको पिसिआर भइसक्यो । रिपोर्ट आउन बाँकी छ’, उनले भने, ‘हामी सचिवालयमा रहेकाहरूको पनि टेस्ट भएको छ ।’
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको दुई जना सुरक्षा गार्डमा कोरोना संक्रमण देखिएको छ । ३ नम्बर गेट तर्फको क्यान्टिन सञ्चालकहरू पनि संक्रमित भएका छन् ।
प्रधानमन्त्री देउवा पनि शनिबारदेखि आइसोलेसनमा छन् । अघिल्लो दिन शुक्रबार बालुवाटारमा देउवासँगै सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरू बैठकमा बसेका थिए ।
दाहाल र श्रेष्ठ शनिबार कोरोना संक्रमित भएका छन् । त्यसपछि देउवा आइसोलेसनमा बसेका हुन् । तर, उनमा कोरोनाको लक्षणहरू भने नदेखिएको उनकोे सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


