प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानुन व्यवसायीद्वारा विरोध प्रदर्शन

काठमाडौं, २९ पुस । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीले बिहीबार पनि विरोध प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालत बार परिसरमा नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन, विशेष अदालत बार एशोसिएसन लगायतका पदाधिकारी तथा कानून व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिंदै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय सम्पादनका साथै कर्मचारीको वृत्ति विकासमा, न्यायाधीशको सरुवाका काम रोकिएको बताए । उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिएसँगै न्यायपालिकामा बारले बुझाएको प्रतिवेदनअनुसार काम गर्ने बाटो खुल्ने बताए ।
त्यस्तै, विशेष अदालत बार एशोसिएसनका अध्यक्ष तथा अधिवक्ता चूडामणि पौडेलले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा केही जिल्लामा जबरालाई देखाएर आफ्नो स्वार्थपूर्ति गर्न थालेको बताए । उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म नेपाल बारले यो आन्दोलनलाई सशक्त बनाउँदै जाने बताए ।
अध्यक्ष पौडेलले नेपाल बारले उठाएको यो आन्दोलन न्याय, आम न्यायप्रेमी जनता र आम सेवाग्राहीको पक्षमा भएकोले यो आन्दोलनलाई अन्तिम निष्कर्षमा पु¥याएपछि मात्रै नेपाल बारले विश्राम लिने बताए । कोरोना महामारीको अवस्थालाई मध्यनजर गरी कानुन व्यवसायीले २५ जना मात्रै भेला भएर सो आन्दोलन जारी राखेका हुन् ।
–फरकधार
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


