नेपालमा पछिल्लो एक सातामा कोरोनाका १० हजार नयाँ संक्रमित थपिए

काठमाडौं, २८ पुस । नेपालमा पछिल्लो एक सातामा कोरोना भाइरसका १० हजार संक्रमित थपिएका छन् । बुधबार मात्रै एकैदिन ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत पुस २२ गते नेपालमा ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । बुधबारसम्म आइपुग्दा सो संख्या झण्डै ६ गुढा बढेको छ ।
अघिल्लो मंगलबारसम्म नेपालमा ५ हजार ९४ जना मात्रै सक्रिय संक्रमित थिए । बुधबार त्यो संख्या ११ हजार ६ सय ९० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस २३ गते ९६८ जना, पुस २४ गते ९४४ जना, पुस २५ गते १ हजार १६७ र पुस २७ गते २ हजार ४४४ जना संक्रमित थपिएका छन् ।
बुधबार भने एकैदिन ३ हजार ७५ जना संक्रमित पुगेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


