जनकपुरधाम, २८ पुस । प्रदेश २ सरकारले प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सर्लाहीका सतार अन्सारीलाई नियुक्त गरेको छ ।

सर्लाही निवासी सतार अन्सारी यु एनमा कामको अनुभव गरिसकेका छन भने बिगतमा फ्रीलेन्सर भएर काम गरिरहेका थिए ।

बिगतमा संघ सरकारको मातहतमा रहेको ग्रामिण बिकास प्रशिक्षण केन्द्र प्रदेश २ को पहलबाट मात्रै प्रदेशको मातहतमा आएसङ्गै सातवटै प्रदेशमा प्रदेश मातहतमा आएको हो ।

बिगतको पन्चायतकालमा स्थापना भएको पन्चायत प्रशिक्षण केन्द्रको रुपमा संचालित यो कार्यालय केन्द्र सरकारको मातहतमा हुदा कृयाकलाप बिहिन रहेको थियो भने अब उपरान्त यस कार्यालयले प्रदेश विकासमा अहम भुमिका खेल्ने बिश्वास प्रदेश सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले व्यक्त गरेका छन ।

यस पदका लागि ३ जना प्रतिस्पर्धीहरु सिफारिस भएका थिए । जसमा सर्लाहीका सतार अन्सारी ,सप्तरीका रोहित कुमार यादव र रौतहटका गौरीशंकर साह मध्येबाट सतार अन्सारी सबैभन्दा बढी अनुभवी रहेको आधारमा नियुक्त गरिएको बताइएको छ ।

जनकपुरधामस्थित मुजेलियामा स्थापना गरिएको यश कार्यालयमा प्रदेशका जनप्रतिनिधि देखि यहाँका कर्मचारी समेतलाई प्रशिक्षण दिनुको साथै प्रदेशको क्षमताको अनुसन्धान र अभिबृद्धि गर्ने बताइएको छ ।

यो निर्देशनालय मुख्यमन्त्री कार्यालयको मातहतमा रहने छ ।