नेकपा एसका अध्यक्ष माधव नेपाल कोरोना संक्रमित

काठमाडौं, २७ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि कोरोना संक्रमित भएका छन् ।
मंगलबार उनको रिपोर्ट पोजिटिभ आएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले उनी होम आइसोलेसनमा रहेको उनको निजी सचिवालयले जनाएको छ ।
शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएपछि उनको परीक्षण गरिएको हो ।
शुक्रबार सत्ता गठबन्धनको बैठकमा उनीहरू सहभागी भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


