जनकपुरधाम, २७ पुस । धनुषाको एक प्लाष्टिक उद्योगमा आगलागी हुँदा १० करोड बराबरको क्षति भएको छ ।

जिल्लाको लक्ष्मीनिँया गाउँपालिका–७ भगवतीपुरस्थित नवल मुररकाले सञ्चालन गरेको जानकी प्लाष्टिक उद्योगमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।

उद्योगमा विद्युत सर्ट भई सोमबार राति १ बजे आगलागी हुँदा मेसिन, मेटेरियल सामान, केमिकल, कच्चा पदार्थ, काठपात, लत्ताकपडा लगायत अन्नपात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनिँयाबाट खटिएको प्रहरीले दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।