सिरहाको बरियारपट्टी गाउँपालिकाको कार्यालयमा तालाबन्दी

सिरहा, २७ पुस । सिरहाको एक स्थानीय तहको कार्यालयमा तालाबन्दी गरिएको छ ।
जिल्लाको बरियारपट्टी गाउँपालिकाको कार्यालयमा स्थानीय राजनीतिक दलले तालाबन्दी गरेका हुन् ।
पुरानो परीक्षाको नतिजा प्रकाशन नै नगरी विभिन्न पदमा नयाँ विज्ञापन गरेर परीक्षा लिन लागेको भन्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले गाउँपालिकाको सरोकारवाला र आन्दोलनकारीसँग छलफल गरेका छन् ।
छलफलमा पहिले विज्ञापन गरेको कार्यालय सहयोगी पदको नतिजा प्रकाशन गर्न र नयाँ विज्ञापन प्रशासनको रोहबरमा प्रकाशन गर्न सहमति भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


