सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई कोरोना संक्रमण

सर्लाही, २७ पुस । सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार साँझ दुवैजनाको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईं आ–आफ्नो निवासमा आइसोलेट भएका छन् ।
प्रमुख जिल्ला अधिकारी गौतमलाई सामान्य रुघाखोकी लागेपछि परीक्षणका लागि जिल्ला अस्पताल मलगंवाको कोरोना ल्याबमा स्वाब परीक्षण गराएका थिए । यता, एसपी प्रसाईंले प्रायः प्रजिअसँगै रहनुपरेका कारण उनले पनि स्वाब दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी गौतम यसअघि पनि पहिलो र दोस्रो लहरमा पनि संक्रमित भई निको भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


