सोमबार १४४६ नयाँ संक्रमित थपिए, २५५ जना संक्रमणमुक्त

काठमाडौं, २६ पुस । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४४६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३१ हजार ४५० पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ ।त्यस्तै, ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ रहेको छ । जसमध्ये ७ हजार २४५ जना होम आइसोलेसनमा र ६१० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ६७ जना आईसीयू र १६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


