प्रतिक्रियावादीहरु चुनावमा जान डराईरहेको ओलीको टिप्पणी

काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीहरु चुनावमा जान डराईरहेको टिप्पणी गरेका छन् ।
संखुवासभा जिल्लाको आठौं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई षडयन्त्र गरेर केही तत्वहरुले हटाएको दाबी गरे ।उनले भने, ‘नेकपा एमालेलाई षडयन्त्र गरेर केही तत्वहरुले हटाएको छ । म भन्न चाहन्छु, षडयन्त्र सधैं काम लाग्दैन ।’
जनता सर्वशक्तिमान भएको भन्दै ओलीले भने, ‘जनता सर्वशक्तिमान छ । सर्वशक्तिमान जनताकाबीचमा जान प्रतिक्रियावादीहरु सधैं डराउँछन् । त्यसकारण चुनावमा जान डराइरहेका छन् ।’
स्थानिय तहको निर्वाचन फागुनमै हुनुपर्नेमा सत्ता गठबन्धन डराइरहेको उनको भनाई थियो । ‘म जानकारी गराउन चाहन्छु स्थानिय तहको निर्वाचन फागुनमा गर्नुपर्ने हो कानुन अनुसार । ऐनमा के छ भने पहिलोपल्ट जुन निर्वाचन हुन्छ त्यसैलाई निर्वाचनको समय मानिन्छ । तर, फागुनमा निर्वाचन गर्ने कुनै संभावना छैन् ।’
यो सरकार लुटमारमा लागेको बताउँदै उनले भने, ‘किनभने यो सरकार लुटमारमा लागेको छ । चुनावमा होइन । यो सरकारले स्थानिय तहलाई प्रतिनिधि विहीन बनाउने, कर्मचारीमार्फत चलाउने षडयन्त्र गरिरहेको छ । जुन ०५९ सालमा पनि गरेको थियो ।’
ओलीले दुनियाँ हल्लाउने गरी एमालेले काम गरेपछि सरकार ढाल्ने काम भएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


