प्रतिनिधि सभा बैठक माघ ३ गते बस्ने

काठमाडौं, २६ पुस । प्रतिनिधि सभा बैठक फेरि सरेको छ ।
संघीय संसदको महासचिव डा. भरतराज गौतमले सोमबार एक सूचना जारी गर्दै पुस २८ गते दिउँसो १ बजे बस्ने भनेको बैठक सरेको जानकारी गराएका हुन् ।
महासचिव गौतमले अब प्रतिनिधि सभाको बैठक माघ ३ गते दिउँसो १ बजे बस्ने जनाएका छन् ।
विशेष कारणवश प्रतिनिधि सभा बैठक सार्नु परेको उनले बताए ।
नेकपा एमालेले विभिन्न माग राखी लामो समयदेखि संसद अवरुद्ध गर्दै आएको छ । संसद सुचारु गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले गत साता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी छलफल गरेका थिए ।
ओलीले भने आफ्ना माग सम्बोधन नभएसम्म संसद अवरोध गर्ने अडान लिंदै आएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


