काठमाडौं, २६ पुस । सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार सिसिएमसिसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेपछि सोमबार मन्त्रालयले यस्तो निर्णय गरेको हो  ।

शिक्षा मन्त्रालयको सचिव स्तरीय कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

देशभर कोरोना संक्रमित बढेपछि त्यसको रोकथामका लागि भन्दै आइतबार बसेको सिसिएमसीको बैठकले विद्यालय बन्द गराउने निर्णय गरेको थियो ।

कोरोना विरुद्धको खोप लगाउन नभ्याइसकेकोले तत्काललाई विद्यालय बन्द गर्ने निष्कर्षमा मन्त्रालय पुगेको हो ।