जनकपुरधाम, २५ पुस । जनकपुरधामस्थित गणेश युवा किमिटीको सप्ताहव्यापी २३ औं वार्षिकोत्सव कार्यक्रम ‘श्री गणपति सप्ताह-२०७८’ अन्तर्गत आइतबार तेस्रो दिन कबिर बालआश्रममा राहत सामग्री वितरण गरिएको छ ।

कमिटीले अहिले चिसोको समयमा आश्रममा रहेका बालबालिकाहरुलाई समस्या नहोस भन्ने उद्देश्यका साथ न्यानो कपडा, दाउरा, खाद्यान्न सामग्रीलगायतकाहरु आश्रमका संचालक सन्त आलोकलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा कमिटीका वरिष्ठ निर्देशक शिव शंकर साह हिराले बालआश्रम सञ्चालन र सहयोगमा राज्यको ध्यान जानुपर्ने कुरामाथि जोड दिए ।

कार्यक्रममा कमिटीका अध्यक्ष सन्तोष महतो, पुर्व अध्यक्ष सुरेन्द्र सिंह, जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष सत्रुधन प्रसाद साह, सहयोगी जमुना भुजेल सहितको उपस्थिती रहेको थियो।