काठमाडौं, २५ पुस । राष्ट्रियसभा सदस्य पदको उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।

आगामी माग १२ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो ।

आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिन्ह प्रदान गरेको हो ।