काठमाडौं, २५ पुस । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १६७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३० हजार ४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ६०४ पुगेको छ । त्यस्तै, ८ लाख १४ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ जना रहेका छन् । जसमध्ये ६ हजार १२७ जना होम आइसोलेसनमा रहेका छन् भने ६२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ७७ जना आईसीयू र १६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पीसीआर टेष्टमा औषतमा संक्रमणदर ९.५ प्रतिशत पुगेको छ ।