काठमाडौं, २५ पुस । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले धेरै भीडभाड हुने स्थानमा प्रवेश गर्दा खोप कार्ड देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्राललाई सिफारिस गरेको छ ।

आइतबार बसेको सिसिएमसीको बैठकले सार्वजनिक स्थानहरू पार्क, सिनेमा हल, रेस्टुरेन्ट र सपिङ मलमा जाँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

माघ ३ गतेदेखि लागू हुने गरी सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप लगाएको प्रमाण अनिवार्य देखाउन सिफारिस गरिएका सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले बताइन् ।

राजनीतिक दललाई भेला–कार्यक्रम नगर्न र विभिन्न संघ–संस्थालाई महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न सिसिएमसीले आग्रह गरेको छ ।

भीडभाड हुने सार्वजनिकस्थलमा एन्टिजेन बुथ राख्ने निर्णय पनि बैठकले गरेको छ ।