काठमाडौं, २५ पुस । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

देशभर कोरोना संक्रमित बढेपछि त्यसको रोकथामका लागि भन्दै आइतबार बसेको सिसिएमसीको बैठकले विद्यालय बन्द गराउने निर्णय गरेको हो ।

भोलिदेखि नै लागू हुने गरी सूचना निकाल्न शिक्षा मन्त्रालयलाई निर्देशन दिइसकेको सिसिएमसीका सचिव रामप्रसाद थपलियाले बताए ।

सिसिएमसीले १० कक्षासम्म बन्द गर्नेगरि निर्णय गरेको हो । कोरोना विरुद्धको खोप लगाउन नभ्याइसकेकोले तत्काललाई विद्यालय बन्द गर्ने निष्कर्षमा सिसिएमसी पुगेको हो ।