झापा, २५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिकाले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

उक्त दिन पृथ्वीनारायण शाहको जन्मजयन्ती हो ।

बिदा दिने गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन हुन् । राप्रपाबाट निर्वाचित उनले नेपाल एकीकरणको नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै एक दिनका लागि बिदा दिने बताएका छन् ।

शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा दिन नहुने पहिचान पक्षधरहरूको माग छ ।

उनीहरूले शाहलाई जनताको नाक काट्ने ‘क्रुर शासक’ को रूपमा चित्रण गर्दै आएका छन् ।