दिलिपको दोस्रो स्मृति दिवस विविध कार्यक्रम गरी मनाइयो

जनकपुरधाम, २५ पुस । पर्यावरण अभियन्ता स्व. ओमप्रकाश महतो (दिलिप)को दोस्रो स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
स्मृति दिवसको अवसरमा ओमप्रकाश महतो स्मृति बाटिकामा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण पश्चात प्रतिष्ठानका अध्यक्ष संगम महतोको अध्यक्षता एवं उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोको प्रमुख आतिथ्यतामा आयोजित स्मृति सभामा मन्त्री महतोले प्रस्तावित स्मृतिबाटिका सौन्दर्यीकरण लगायतका कामहरु उपर मन्त्रालयको तर्फबाट सकारात्मक सहयोग गर्ने घोषणा गरेका छन् ।
उनले पर्यावरण संरक्षणका लागि सबैले आ–आफ्नो तर्फबाट सकारात्मक योगदान गर्नु नै स्व. दिलिपप्रती सच्चा श्रद्धाञ्जली हुने बताए ।

कार्यक्रमका वक्ताहरुले पर्यावरण, जैविक विविधता एवं चुरे संरक्षण माथि जोड दिएका थिए ।
चुरे संरक्षण उपर कलम चलाउने उत्कृष्ट पत्रकारलाई सम्मान सहित पुरस्कृत गर्ने कार्यक्रम अन्तर्गत सम्मान पत्र सहित नगद ५ हजार १०० सहित पत्रकार बिजय कुमार साहलाई सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


