जनकपुरधाम, २४ पुस । जनकपुरधामस्थित गणेश युवा कमिटीले सप्ताहव्यापी रुपमा मनाइरहेको २३ औं वार्षिकोत्सवको अवसरमा आज दोस्रो दिन स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

धनुषाको मिथिला विहारी नगरपालिका तारापट्टी स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा ३५० भन्दा बढी व्यक्तिले स्वास्थ्य चेकजाँच गराएको कमिटीले जनाएको छ ।

वार्षिकोत्सवको तेस्रो दिन आइतवार कबिर बालआश्रममा राहत वितरण, सोमवार जानकी बृद्वाश्रममा खाद्यान्न सामग्री वितरण, मंगलवार स्व. पत्रकार उमा सिंहको स्मृतिमा रक्तदान तथा धनुषाकी महिला पत्रकार तथा सञ्चारकर्मीहरुलाई सम्मान, बुधवार कुष्ठरोगीहरुको संस्था जमिरीया देवी धर्मशालामा राहत सामग्री वितरण र अन्तिम दिन शुक्रवार सम्मान तथा समापन समारोहको आयोजना गरिने पुर्व अध्यक्ष सन्तोष कुमार साहले बताए ।

शनिवारको कार्यक्रममा कमिटीका पुर्व अध्यक्ष सुरेन्द्र भण्डारी, मिथिला बिहारी नगरपालिकाका प्रमुख अनिल यादव, उपप्रमुख अनिता साह, नव जीवन अस्पतालका डा. महेश महासेठ, डा. बैद्यनाथ ठाकुर र डा. शरद यादव सहितका कमिटीका पुर्व अध्यक्षहरु, पदाधिकारीहरु सहितको उपस्थिती थियो ।