काठमाडौं, २४ पुस । नेपालमा पछिल्लो २४ घण्टामा ९४४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७६२ पीसीअर परीक्षणमा ६९६ र ३ हजार ५०२ एन्टिजेन परीक्षणमा २४८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या ६ हजार १४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।

त्यस्तै २९७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौंमा ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।