प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा सेल्फ आइसोलेसनमा

काठमाडौं, २४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एक साताका लागि सेल्फ आइसोलेसनमा बसेका छन् ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै देउवाले अत्यावश्यकबाहेकका भेटघाट एक साताका लागि बन्द गरेका हुन् ।
प्रधानमन्त्री देउवाको आरटी–पीसीआर परीक्षण पनि हुने भएको छ । उनको आइतबार कोरोना परीक्षण हुने बताइएको छ ।
दुई दिनअघि बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रचण्ड, देउवालगायत उपस्थित थिए ।
त्यसपछि प्रचण्डलगायत नेकपा माओवादी केन्द्रका १० जना नेताहरूको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । नेताहरूलाई कोरोना देखिएपछि बैठकसमेत स्थगित गरिएको छ ।
देउवाले आजै प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि भेट गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


