भण्डारी र ओलीले खत्तम पार्न खोजेको संविधानलाई अदालत र पाँच दलले जोगायो : पूर्वराष्ट्रपति यादव

काठमाडौं, २४ पुस । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले खत्तम पार्न खोजेको संविधानलाई अदालत र पाँच दलले जोगाएको टिप्पणी गरेका छन् ।
शनिबार ‘मार्क्सवाद र विश्व कम्युनिस्ट आन्दोलन’ नामक ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले एकै वर्षमा दुई–दुईपटक ओलीले संविधानमाथि आक्रमण गरेको बताएका हुन् ।
एक वर्षमा दुई–दुईपटक संविधानमाथि आक्रमण भएको छ । सदनमाथि आक्रमण भएको छ,’ उनले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिलगायत मिलेर नै यसलाई खत्तम गर्न खोजेजस्तो भएको छ ।’
राष्ट्रपति र तत्कालीन प्रधानमन्त्रीको कदमविरुद्ध पाँच दलले आन्दोलन गरेको र अदालतले सो कदमलाई बदर गरेका कारण लोकतन्त्र र संविधान जोगिएको उनको भनाइ छ ।
पूर्वराष्ट्रपति यादवले राष्ट्रको सम्पूर्ण समस्या समाधान गर्ने थलो संसद भएको उल्लेख गर्दै त्यसलाई बन्धक बनाउने काम गरेको भन्दै एमालेप्रति असन्तुष्टि जनाए ।
संविधानमा उल्लेख गरिएको उन्नत समाज निर्माण हुने गरी समाजवादको तयारीमा जुट्न पनि उनले राजनीतिक दलहरुलाई आग्रह गरे ।
–फरकधार
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


