शिक्षकसँग विद्यार्थीको भविष्य : शिक्षामन्त्री पौडेल

काठमाडौं, २४ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका छन् ।
शनिबार काठमाडौं आयोजित एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका हुन् ।
बाल्यावस्थामा बालबालिको सर्वाङगिक विकास हुने चरण भएकाले उनीहरूको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरूको पनि जिम्मेवारी हुने उनको भनाइ छ ।
बच्चाको भावना बुझ्ने कुरामा पुरुषभन्दा महिलाहरू नै अघि भएको बताउँदै पेशामा लाग्नेहरूलाई संस्थाले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
मन्त्री पौडेलले बालविकासका शिक्षकलाई सरकारले तोकेको तलब उपलब्ध गराउन आफूले स्थानीय तहसँग समन्वय गरिरहेको बताए ।
कार्यक्रममा देशका उत्कृष्ट प्रि–स्कुललाई अवार्ड प्रदान गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


