पर्सा, २४ पुस । पर्सामा निर्माणाधीन घरमा एक बालिकाको शव फेला परेको छ ।

वीरगञ्ज महानगरपालिका–१६ नगवामा बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ ।

वीरगञ्ज–१५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो । घोप्टो परेको अवस्थामा बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले निर्माणाधीन घरको चेपमा बालिकाको शव भेटिएको जानकारी दिए ।

शव निकाल्ने, घटनास्थल शव जाँच मुचुल्का तयार गर्नेलगायत अनुसन्धानका काम भइरहेको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।