पर्सा, २४ पुस । वीरगञ्जमा करेन्ट लागेर दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा वीरगञ्ज महानगरपालिका–२४ रामगढवा बस्ने ३८ वर्षीय शर्मा पटेल र वडा नं १६ नगवा बस्ने ४० वर्षीय राजेन्द्र पटेल रहेका छन् ।

शर्माको हातमा र राजेन्द्रको पिठ्युँमा करेन्ट लागेको र उनीहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज– ९ रानीघाटस्थित कमल रौनियारको घर बनाउने काममा खटिएका दुवैजनालाई करेन्ट लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले घरको छतबाट फलामको रड तल झार्ने क्रममा एक हजार भोल्टको बिजुलीको तारमा छुन गई करेन्ट लागेको जानकारी दिए ।