उम्मेदवारहरुको आज नामावली सार्वजनिक हुँदै

काठमाडौं, २३ पुस । राष्ट्रिय सभा निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारहरुको आज नामावली सार्वजनिक हुँदैछ ।
निर्वाचन आयोगले दिउँसो ३ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्ने जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको जानकारी दिए ।
पौडेलका अनुसार भोलिसम्म उम्मेदवारले नाम फिर्ता गर्न पाउनेछन् । आयोगले पुस २५ गते अन्तिम नामावली प्रकाशन गर्नेछ ।
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ । निर्वाचनमा १९ रिक्त पदका लागि विभिन्न राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


