कर्णाली प्रदेशसभाको नवौँ हिउँदे अधिवेशन पुस २८ गते बस्ने

सुर्खेत, २३ पुस । कर्णाली प्रदेशसभाको नवौँ हिउँदे अधिवेशन पुस २८ गते बस्ने भएको छ ।
प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधानको धारा १८३ को (१) बमोजिम प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेशसभा बैठक बुधबार अपराह्न ३ बजे बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
यसअघि गत १४ मंसिरमा मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेशसभाको विशेष अधिवेशन बोलाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


