सुनसरी, २३ पुस । सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा बसको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक संखुवासभाको खाँदबारी नगरपलिका–७ का २६ वर्षीय सन्तोष राई र पछाडि सवार सोही ठाउँ बस्ने २० वर्षीय अभि राई रहेका छन् ।

बसको ठक्करबाट घाइते भएका दुबै जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ख ८१९६ नम्बरको बसले को २७ प २१९ नम्बरको मोटरसाईकललाई बिहीबार साँझ साढे ७ बजे ठक्कर दिएको थियो ।

बस सहित चालकलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ ।