जनमत पार्टीका कार्यकर्ताले बिहीबार रौतहटमा गरे प्रदर्शन

जनकपुरधाम, २२ पुस । किसान आन्दोलनको पक्षमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले बिहीबार रौतहटमा प्रदर्शन गरेको छ ।
किसानहरूका जायज माग पूरा गर्नुपर्ने माग गर्दै जनमत पार्टीका नेता कार्यकर्ताहरुले रौतहटको गरुडामा प्रदर्शन गरेका हुन् ।
गिरफ्तार गरिएका किसानलाई रिहा गर, अत्याचारी सरकार मुर्दावाद, किसान उपर दमन बन्द गर, सिँचाइको व्यवस्था गरलगायतका माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

उखु किसानको भुक्तानी, उखुको मूल्य निर्धारण, किसानलाई पेन्सनको व्यवस्थालगायतका माग राख्दै पुस ११ गतेदेखि जनमत पार्टीले तराईका जिल्लाहरूमा निरन्तर आन्दोलन गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


