काठमाडौं, २२ पुस । नेपालमा पछिल्लो २४ घण्टामा ५४० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २७१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २६ हजार ९२५ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।त्यस्तै, ८ लाख १३ हजार ४४७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ रहेको छ । जसमध्ये ५ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन् भने ३६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ७९ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।