स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित धनुषाबाट एक युवक पक्राउ

जनकपुरधाम, २२ पुस । सशस्त्र प्रहरीले स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित धनुषाबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमित कुमार यादव रहेको सशस्त्र प्रहरी धनुषाका प्रहरी उपरीक्षक नरेन्द्र सेनले जानकारी दिए ।
बिहीबार भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा नगराइन नगरपालिका–२ बाट ३८ लाख ३५ हजार रुपैंयाँसहित यादवलाई पक्राउ गरिएको उनले बताए ।
प्रदेश २–०२–००१ प ०४८८ नम्बरको मोटरसाइकलको ट्याङ्की भित्र स्रोत नखुलेको पैसा लुकाई छिपाई ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादवको साथबाट १ हजारको नोट २७ लाख, ५ सयको ११ लाख, १ सयको ३० हजार र ५० को ५ हजार रुपैयाँ बरामद भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


